बर्दिबासमा मोटरसाइकल दुर्घटना,श्रीमान-श्रीमतीको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी जंगलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बा.प्र.०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।