इलाम-२ मा सुहाङको अग्रता कायमै

फाइल तस्वीर

काठमाडौं। प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङको अग्रता फराकिलो बन्दै गएको छ।

फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सबै वडा र माङसेबुङ वडा नम्बर १ को मत गणना सकिँदासम्म नेम्वाङ २ हजार ६१६ मतले अगाडि छन्।

नेम्वाङले ८ हजार ८९८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेपाली काँग्रेसका डम्बर खड्काले ६ हजार २८० मत ल्याएका छन्। उनीहरुबीच २६१८ मतको फरक छ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ६३४ मतसहित तेस्रो स्थानमा छन्।रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन्।

इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा १९ जना उम्मेदवार मैदानमा छन्।