घट्यो अन्डाको मूल्य

काठमाडौं। नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको छ। संघको बुधबार बसेको बैठकले बिहीबारदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य निर्धारण गरेको हो। बैठकले देशभर अन्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ।

संघका सचिव मदन चिरञ्जीवी पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ पर्नेछ।यस्तै, ठूलो अन्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ३९५ रुपैयाँ पर्नेछ।

यसअघि संघले मध्यम अन्डाको प्रतिक्रेट ३७५ रुपैयाँ, ठूलो अन्डाको प्रतिक्रेट ३९० रुपैयाँ र सबैभन्दा ठूलो अन्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट ४०५ रुपैयाँ निर्धारण गरेको थियो।