रास्वपा संसदीय दलको बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ। बैठक बिहान ८ बजे पार्टीको संसदीय कार्यालय सिंहदरवारमा बस्ने भएको हो।

बैठकमा यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनका सन्दर्भमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत समसामयिक विषयमा छलफल हुने छ।