जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १३ जना घाइते

पाल्पा । बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै छन्।

प्रहरीका अनुसार बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ।

उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। दुर्घटनामा १३ जना घाइते भएका छन्। बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका-४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ।

दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन्।

१५ जना सवार उक्त जिप बुधबार बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।