नेपालको राजनीतिले नयाँ मोड लिन्छ: अध्यक्ष ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा नेपालको राजनीति ‘टर्निङ प्वाइन्ट’ हुने बताएका छन्।
बिहीबार जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औँ स्मृति दिवसका अवसरमा एमालेले बल्खुमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २०८४ पछि नेपालको राजनीतिले लिने नयाँ मोड अग्रगामी हुने समेत बताए।
अध्यक्ष ओलीले भने, ‘नेपालको राजनीतिले नयाँ मोड लिनुपर्दछ। त्यसकारण हामीले मिसन ०८४ भनेका छौ। त्यो मोड प्रतिगामी होइन, अग्रगामी हुनेछ।