टी-२० विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं। नेपालले आईसीसी टी-२० विश्वकप खेल्नुअघि अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने भएको छ। आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएको हो।

नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ। आईसीसी टी-२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ। टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन्। चार समूहमा ५–५ टोली छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन्।

सुपर ८ मा दुई समूह हुनेछन्। हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन्। समूह डी मा नेपाल,बंगलादेश,नेदरल्याण्ड्स,दक्षिण अफ्रिका र श्रीलंका छन्। नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ।