इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो

सांकेतिक तस्वीर

काठमाडौं। नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जनालाई संयुक्त अरब इमिरेट्स ९यूएई० बाट पक्राउ गरी नेपाल ल्याएको छ।

प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले ज्यानसम्बन्धी कसुर मुद्दा र विद्युतीय कारोबार कसुरसम्बन्धी मुद्दामा रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याएर हिजो सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका–३ का ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका–१३ का २३ वर्षीय सन्तोष न्यौपाने रहेका छन्।

एनसिबि अबुधावी यूएईको समन्वयमा पक्राउ परेका उनीहरुलाई अस्ति बिहीवार नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।