कुमारी बैंकबाट विनाधितो २ लाख रुपैयाँसम्म ‘फोन लोन’ सुविधा पाइने

काठमाडौं । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मको कर्जा दिन सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको छ।

आफ्ना क्यूआर मर्चेन्टलाई विना झन्झट कुमारी मोबाइल बैंकिङ एप मार्फत कर्जा उपयोग गर्न सक्ने फोनलोन सुविधा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

यो सुविधाबाट विशेष गरी घरेलु,साना तथा मझौला उद्यमीका वित्तीय कारोबार डिजिटल माध्यममा आकर्षित गर्न तथा उद्यमीका सानातिना वित्तीय आवश्यकता पूरा हुने विश्वास बैंकले लिएको छ।