३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दा छताछुल्ल,पूर्व राष्ट्रपतिदेखि बरिष्ठ कलाकारसम्मलाइ विज्ञापन गराएर सर्वसाधारसँग ठगी

काठमाडौं। सप्तऋषि आयुर्वेदको ३२ जडीबुटी युक्त श्री केश तेलको ठगी धन्दा छताछुल्ल भएको छ। कपाल झर्न रोक्ने,चाँया हटाउने,नयाँ कपाल पलाउने,टाउको चिलाउन रोक्ने, कपाल सिल्की बनाउने जस्ता झुटा प्रचार गरेर ठगी गर्ने गरेको खुलासा भएको छ।

हरेक बोतलको तीन हजार सम्म असुली गरेर जोड तोड्का साथ टेलिभिजनदेखि अनलाइन मिडिया,पूर्व राष्ट्रपति,कलाकार र हेरक सामाजिक सञ्जालमा विज्ञापन गरेर सर्वसाधारणलाइ ठगी गरेको पाइएको हो।

श्री केश तेलका नियमित ग्राहक विकाश श्रेष्ठले भने मैले एक बर्ष भन्दा बढी यो तेल लगाए सुरूमा ठिकै जस्तो लाग्यो कपाल पलाए जस्तो पनि भयो अनि मैले नियमित प्रयोग गर्न थाले र कपाल पलाउने आस पनि निकै ठूलाे राखेकाे थिए तर त्यस्ताे केही पनि परिवर्तन नभएपछि अहिले आएर म अफै ठगीए र पैसाको मात्र सत्य नास गरेछु भन्ने महसुस गरेर मैले याे कुरा बताउदै छु।

उनले भने कुरा नबुझि प्रचारकाे पछि लागेपछि पैसाकाे मात्र सत्य नास हुने रहेछ,मैले गर्दा मेरा दुइ तिन जना साथीहरूले पनि तेल प्रयाेग गरेका थिए तर अहिले उनिहरूले पनि मलाइ नै खाली प्रचारकाे पछि लागेर आफ्नाे त आफ्नै थियाे,हाम्राे पैसाकाे पनि सत्य नास गर्याे भनेर गुरनासाे गर्ने गरेकाे उनले हामीलाइ सुनाए। म भन्छु अब याे तेलकाे लागि कसैले पनि पैसा खर्च नगर्नु राम्राे हाेला मैले त आफुले बुझेकाे र भाेगेकाे कुरा मिडिया सामु भनेके मात्र हाे। बाँकी त हजुरहरूले बुझ्नु भएकै हाेला उनले भने।

उनले थपे सुरूमा मलाइ पनि ठिकै लागेको हो,अहिले आएर पहिलेको भन्दा पनि बढी कपाल गएपछि मैले बेकारमा विज्ञापनको पछि लागेर फसे छु भन्ने बल्ल थाहा पाए। यस्ता धेरै प्रचार गर्नेहरूको पछि नलागेकै बेश हुने रहेछ। म भन्छु यस्तो प्रचारको पछि लागेर कोही पनि ठगीनु हुँदैन। हामी नेपालीहरू जेको बढी प्रचार आउछ उसैको पछि लागेर पैसाको मात्र सत्य नास गर्दा रहेछौं भन्ने मलाइ पूर्ण विश्वास यही श्री केश तेलले गराएको छ।

श्री केश तेलको बजारमा प्रचारप्रसार गरेर धमाधम तेलको बिक्रीबितरण गरेपनि अबको केही बर्ष भित्र सबैले थाहा पाउने छन्,म जस्तै पैसा सत्य नास गरेको रहेछु भनेर महसुस आफै गर्ने छन् उनले भने।

त्यस्तै अर्का एक ग्रहक सुबास कार्कीले भने श्री केश तेलले नेपालमा मात्र हाेइन विदेशमा रहेका नेपालीलाइ समेत मुर्का बनाएकाे छ। जाेड ताेडका साथ विज्ञापन गरेर हामी नेपालीलाइ ठगीधन्दा चलाउने यस्ता कुपात्रलाइ कानुनी कारबाही गर्नुपर्ने जाेडदार माग गर्छु उनले भने।

मैले याे तेल प्रयाेग गरेकाे आठ महिना भन्दा बढी भयाे हाेला तर मेराे केही पनि कापालमा परिवर्तन भएन त्यसैले आज म याे कुरा बताउन बाध्य भएकाे छु।

यस्ता प्रचारकाे पछि लागेर आफु ठगीने बाहेक अरू केही उपाय नहुने रहेछ त्यसैले प्रचारकाे पछि लागेर पैसाकाे बर्बाद नगर्दा राम्राे हुने म सबै नेपाली दाजुभाइ तथा दिदि बहिनीहरूलाइ सुझाब दिन चाहान्छु उनले भने।

मैले लगातार प्रयाेग गरे तर केही पनि परिवर्तन नआएपछि आज मैले सत्य कुरा बताउन बाध्य भएकाे हुँ। उनले भने हेर्दै जानु हाेला याे समाचार प्रकाशित भएपछि मेराे जस्ताे समस्या लिएर बसेका धेरै जनाले तपाइहरूलाइ सम्पर्क गर्छन् हाेला।

मान्छेले जाबाे तीन हजारकाे तेलकाे लागि के भन्नु भनेर चुप लागेर बसेका धेरै छन् हाेला। तर हामीले सानाे भनेर चुप लागेर बस्ने हाेइन प्रचार गरेर यस्ता ठगी धन्दा चलाउनेलाइ हामी जनताले पनि कारबाही गर्न सक्नु पर्छ। त्यसैले सामाजिक सञ्जाल र मिडियामा धेरै प्रचार गरेर झुट्काे खेति गर्ने कुपात्रलाइ सबै नेपाली मिलेर बेलैमा कारबाही गर्नु जरूरी जस्तै भएकाे कार्कीले दाबी समेत गरे। मैसँग याे तेल किनेर लगाउने हामी ३/४ जना छाैं हामी अब याे तेलकाे भन्डाफाेर गरेर हामी जस्ता अरू नेपाली ठगिनु हुँदैन भनेर बेलैमा सचेत बनाउने काेशिस गर्नेछाैं र गरिरहने छाैं।   

त्यस्तै अर्का प्रयोग कर्ता विकास पौडेलले भने श्री केश तेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जस्ता देशको गरिमा बोकेका मान्छेलाइ समेत तेलको प्रचार गर्न लगाउनु लजाको विषय मात्र होइन हामी सबै नेपालीको अपमान गरेको हो। आफ्नो व्यक्तिगत फाइदाका लागि देशको राष्ट्र प्रमुख भइसकेका मान्छेलाइ समेत प्रयोग गरि सर्वसाधारणलाइ यस्तै भ्रम सृर्जना गरेर ठगी धन्दा चलाउनेलाइ कारबाहीको दाहेरामा ल्याउनु आवश्यक रहेको पौडेलले बताए। तर नियमन गर्ने राज्यका निकायहरूले समेत यस्ता कुरामा ध्यान दिएको देखिदैन। उनले भने यो तेलको वैज्ञानिक आधार के हो? कतिजना सर्वसाधारणको कापाल पलायो? पहिले कस्तो अवस्थामा थियो र यो कसरी सम्भव भयो?यी यस्ता सबैकुराको आधार केही पनि देखिदैन स्रेलिब्रटीहरूलाइ पैसा दिएर प्रचार गर्न लगाएर नेपाली जनतालाइ नजानिदो तरिकाले ठगि धन्दा अथवा लुट मचाएको स्पष्ट देखिन्छ। त्यसैले हरेक नेपाली जनताले सचेत हुनुपर्ने जरूरी देखिएको छ उनले भने।

त्यस्तै राजेश शाहले भने मैले पनि कपाल पलाउछ कि भनेर दुइ बोतल किनेर लगाए तर कुनै परिवर्तन नआएपछि आफुले बेकारमा छ हजार हालेर तेल किनेको गल्ती महसुस भयो। म भन्छु यो प्रचारको पछि लागेर कसैले पनि यो तेल किनेर पैसाको सत्यनास नगर्न सुझाव दिन्छु शाहले भने। प्रचार गर्ने हरेक मान्छेले पैसा लिएर प्रचार गरेको हुन्छ तर हामी पर्वसाधारण भने त्यही प्रचार हेरर त्यसैको पछि लागेर पसिना बगाएर कमाएको पैसाको सत्यनास गरिएका हुन्छौं।

म के भन्छु भन्दा अबदेखि कोही कसैले पनि बढी प्रचार आएपछि त्यो सामान कसैले नकिनेपछि बढी प्रचार गरेर बिकाउने चलन हाम्रो नेपालमा धेरै नै भएको पाइन्छ। यसरी यस्ता कुप्रचारको पछि लागेर कसैले पनि आफ्नो समय र पैसाको सत्य नास नगर्न म सम्पूर्ण नेपालीहरूलाइ अपिल गर्छु शाहले भने।

त्यसैगरी सन्तोष रावलले भने मैले यो श्रीकेश तेल प्रयोग गर्न लागेको ११ महिना जति भयो तर उल्टै भएको कपाल पनि झन् झरेर गयो। अब यो तेलको प्रचार हेरेर मैले किने तर अहिले आएर मलाइ धेरै पछुतो लागेको छ। यो प्रचारको पछि लाग्ने हो भने घरबार पनि जाने अवस्था आउने रहेछ मैले यस्तै सामाजिक सञ्जालको प्रचारले धेरै रूपैयाँ खर्च गरिसकेको मान्छे हुँ।

अब प्रचार गर्ने मान्छे र प्रचार गर्न लगाउने मान्छेसँग क्षतिपुर्ति माग्ने अवस्थामा पुगेकाे छु। कुनै दिन क्षतिपुर्ति माग्न श्रीकेश तेलको अफिसमा जाने विचार गरेको छु। मैले गर्दा ७/८ जनालाइ यो तेल किन्न लगाएको छु तर अहिले कसैको पनि कपाल पलाएन  त्यसैले म भन्छु हामी जस्ता सिधा मान्छेलाइ ठग्न बनाएको जुक्ति बाहेक अरू केही पनि होइन। यस्ता ठगी धन्दा चलाउने मान्छेलाइ सरकारले किन कारबाही गर्दैन यो मेरो सरकारमा भएका नेताहरूलाइ प्रश्न छ रावलले भने।

नेपाली बजारमा व्यापक बिक्री हुँदैआएको श्री केश तेलका बारेमा कपाल उमार्ने कुनै पनि वैज्ञानिक आधार देखिदैन अहिले तेल जति बिक्री भएको छ।त्यो विज्ञापन र कलाकारहरूलाइ प्रचार गर्न लगाएर जबर्जस्त बिक्री वितरण गरेको पाइएको छ।यसरी दिनदहाडै ठगी धन्दा चलाउनेलाइ नियमनकारी निकायले कारबाही गर्नुपर्नेमा उल्टै संरक्षण गरेर राखेको छ।

कपालमा लगाउने तेल त हो भन्ने हेतुले गुणस्तर परीक्षण समेत नगरिएको पाइएको छ। मानव स्वास्थ्यमा कपालमा लगाउने तेलले समेत ठूलो असर गर्ने चिकित्सकहरूले बताउने गरेका छन्।

मोटो रकम लाभ पाएपछि टेलिभिजन,अनलाइन मिडियाहरूदेखि मोडल र कलाकारसम्मलाई श्री केश तेलको भ्रमपूर्ण बिज्ञापन गर्न भ्याईनभ्याई छ।

बरिष्ठ हाँस्य कलाकारदेखि फिल्म क्षेत्रका हिरो हिरोइनसम्मले श्री केश तेलको भ्रमपूर्ण प्रचार गर्न तल्लीन रहेको देखिन्छन्। सर्वसाधारणलाइ यसरी झुकाउदै ठगी गर्ने भ्रमपूर्ण विज्ञापन प्रचार प्रसार गर्नेहरुलाई संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायले छुट दिएका छन्। यसरी भ्रम फैलाउदै सर्वसाधारणलाइ ठगी गर्ने यस्ता व्यवसायीहरूलाइ नियमनकारी निकायको ध्यान जान जरूरी देखिन्छ।

यस्तो छ सर्वसाधारणकाे दृष्टिकोण