काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्योः गृहमन्त्री लामिछाने

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएकाछन्।

सोमवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसदको विधि अनुसार विश्वासको मत लिँदा समेत काँग्रेसले अवरोध गरेको बताए।

उनले भने,‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने सवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो। प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने सवैधानिक व्यवस्था हो । एक महिनाभित्र विश्वासको मत लिने कुरा हो।

आईतवार प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिन उभिएको थिए। गिरीबन्धु जग्गाको विषय विर्सेको होइन। त्यसलाई पनि छानविनमा ल्याउनुपर्छ। कोको सहभागि छन् छानविन गर्नुपर्छ तर हिजो प्रसंग त्यो थिएन। मैले संसदमा के भने त्यसको लागि जिम्मेवार छु।

के बुझियो र बुझाइयो त्यसको जिम्मेवार छैन। महिले आरोप लगाएको होइन । प्रतिपक्ष दललाई धमकायको र तर्साएको होइन।

विगतमा पत्रपत्रिकाहरुमा मेरो जस्तै आएका समाचारहरुलाई आधार मानेर संसदीय समिति बनाउने हो भनेर उदाहरण दिएको हो। संसदीय समिति गठन गर,सहकारी ठगलाई कारबाही गर म पनि भन्छु।

सरकारले सहकारी पीडितहरुको न्यायको लागि दु्रतगतिमा काम गर्छ । प्रमुख प्रतिपक्षले व्यक्तिकेन्द्रित भएर नाराबाजी गरिरहेको छ।

हामी व्यक्ति केन्द्रित नभइ सरकारले संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्छ।उनले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरुलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको बताए।