अमेरिकाले सन्दीप लामिछानेलाई दिएन भिसा

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले भिसा नदिएको बताएका छन्।

बुधबार सामाजिक सञ्जालबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिज हुने तय भएको विश्वकपका लागि अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका हुन्।

अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन्।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो। तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन्।