आज मिति २०८१ साल जेठ १० गते बिहीबार पाथीभरा मातालाई दर्शन गरी,तपाईको भाग्य कस्तो छ हेर्नुहोस् राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । पारिवारिक झमेला रहला।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा-छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो-विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आफन्तको प्रगतिमा मन रमाउनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु-घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज लाभहानी, सुखदुःख बराबरी रहनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । विश्वासमा कमी आएता पनि विश्वास गर्न जरूरी हुन्छ ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ।