सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यवसाय झनै बढ्छ: प्रमुख बालेन

फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन०ले सम्पदाको निर्माण पुरातन शैलीमा नै गर्नुपर्ने बताएका छन्।

बिहीवार काठमाडौंको थायमरुस्थित रत्नकेतु महाबिहार पुनःनिर्माण उद्घाटन कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा सम्पदाहरुको पुनः निर्माण गर्दा पुरानो शैलीलाई नै महत्व दिइने बताए। उनले पुरानो शैलीमा सम्पदाहरुको पुनः निर्माण गर्दा व्यापार–व्यवसाय घट्ने नभई झनै बढेर जाने समेत बताए।

सभ्यता बढेपछि व्यापार र जीवनशैली बढ्ने बताउँदै उनले महानगरपाकिलाभित्रका सम्पदा पुनःनिर्माणका लागि महानगर जहिल्यै सहयोग गर्न तयार रहेको बताए।

‘महाबिहार बनाउँदा वडाध्यक्षहरुलाई के हुँदो रहेछ भने सबै बजेट एकैपटक माग्दाखेरी आउँदैन कि भन्ने जस्तो लाग्दो रहेछ,’ मेयर साहले भने,म सधैँ भन्छु, एकैपटक सबै माग्नुस्।

एकै पटक यो पनि बनाएको भए हुन्थ्यो, सिंह, सत्तल पनि एकै पटक बनाएको भए हुन्थ्यो। सत्तल पनि पुरानो शैलीमा बन्नुपर्छ। हाम्रो सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा हाम्रो केही व्यापार व्यवसाय घट्ने होइन, झनै बढ्ने हो।

हाम्रो सभ्यता बढेपछि व्यापार पनि बढ्छ। जीवनशैली पनि बढ्छ। सबैको इज्जत पनि बढ्छ। त्यसका लागि महानगरपालिका सहयोग गर्न तयार छ।