तेस्रो चरणको आन्दोलनमा उत्रिए सहकारीपीडित

फाइल तस्वीर

काठमाडौं। सहकारीपीडित बचतकर्ता फेरी आन्दोलमा उत्रिएका छन्। सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितरूले आज (शुक्रबार) देखि तेस्रो चरणको आन्दोलन गर्न लागेका हुन्।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज माइतीघरमा बिहान ११ बजे सभा गर्दै बानेश्वरसम्म ¥याली गर्ने भएको छ।

माइतिघरको सभामा मात्रै करिब ७ हजार पीडितहरु सहभागी हुने अनुमान गरिएको महासंघका अध्यक्ष कुसलभ केसीले जानकारी दिए। त्यस्तै महासंघले चितवन, धरान, पोखरा र बारालगायतका स्थानमा पनि आन्दोलन गर्ने भएको छ।

महासंघका अध्यक्ष केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको बताए।