घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार?

काठमाडौं। आज बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३६ हजार ९ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।