कथाकार भक्त स्याङ्तानको कथा संग्रह डम्फुको आत्मालापमाथि परिचर्चा कार्यक्रम सम्पन्न

चितवन। कथाकार भक्त स्याङ्तानको कथा संग्रह डम्फुको आत्मालापमाथि परिचर्चा कार्यक्रम भरतपुरको मलेवा पार्टी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रमको संयोजन सम्पूर्ण किताब नारायणगढले गरेको छ।

कार्यक्रममा बोल्दै समिक्षक रमेश प्रभात राजनीतिककर्मी अनुराग वसन्तम सहजीकरण एस लामा र स्वागत मन्तव्य मधुसूदन दवाडीले गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समिक्षक रमेश प्रभातले तामाङ संस्कृति, व्यक्ति र तिनका जीवनको अनुरागको चित्रण साथै कृति पढ्दा दुखान्त तथा डम्फुलाई उभ्याएर लेखेको कथा पढ्दा भावविह्वल भएको बताए। यसमा खोज र अनुसन्धान बाँकी नै रहने धारणा राखे।

तामाङको सांस्कृतिक प्रतिक डम्फुबाजा रहेको र कथामा डम्फु, टुङ्गनाको महत्त्व बारे चित्रण गरेको रमेश प्रभातले बताए। कथाकार भक्त स्याङ्तानले कथा संग्रहले तामाङ समुदायको जीवन भोगाइका भावात्मक अनुभूति र संस्कृति बोल्ने बताए। संस्कृति सम्बन्धी विचार सदियौंदेखि हेपिएको तामाङ समुदायलाई डम्फुको आत्मालापले उठाएको धारणा राखे।

ओ पेङ्दोर्जे पछिको निरन्तरताको खाली स्थान परिपूर्ति गर्न डम्फुको आत्मालाप आएको लेखक राजु स्याङ्तान बताउँदछन् । बाल्यकालमा हुर्केका साथीको भोगाईलाई संचार गर्न खोजेको, जीवन भोगाइ र वास्तविकता समेटेर कृति लेखेको कथाकार भक्त स्याङ्तानको भनाई रहेको छ।

डम्फुसँग तामाङ समुदायको अगाध आस्था रहेको, एउटै परिवेशमा हुर्केको पात्रको वस्तु देख्ने दृष्टिकोण फरक हुने स्याङ्तान बताउँदछन्।

यस कथा संग्रहमा काठमाडौका पुराना टोलमा बस्ने वृद्धवृद्धा र तिनका विदेशी भूमिमा बस्ने सन्तान फर्किएलान् भन्ने को मार्मिक चित्रण कथामा पाइन्छ। को विषादले पाठकको मानसमा पैदा गर्ने मार्मिक अनुभूतिहरुमा यी कथाहरु स्मरणीय छन्।

कथाहरूमा डम्फु र तामाङ समुदायको राम्रो संयोजन र प्रकृतिको गहिरो ले कथाकारको छुट्टै पहिचान हुने रमेश प्रभातले बताए। साहित्य अनुरागीहरुका जिज्ञासाको उत्तरसहित सहजकर्ता एस लामाले कार्यक्रमको समापन गरे।

कार्यक्रममा चितवन नवलपरासीका प्रबुद्ध साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न का संचालकको बाक्लो उपस्थिति रहेको गजलकार सम्पूर्ण किताब नारायणगढका संचालक लेखराम सापकोटाले बताए।