बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौं। काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।

न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्न आदेश गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए।

अब उनलाई सजाय निर्धारणका लागि २८ जेठमा फेरि अर्को सुनुवाई हुनेछ। प्रहरीमा जाहेरी पर्दा न्यायाधीश गिरी जिल्ला अदालत कपिलबस्तुमा थिए। निलम्बित अवस्थामा रहेका उनी हाल थुनामा छन्।