नेपाल र नेदरल्याण्ड्स्‌बीचको खेल टुँडिखेलबाट प्रत्‍यक्ष प्रसारण हुने

काठमाडौं । काठमाडौं महानगरले विश्वकप २०२४ को नेपालको पहिलो खेल टुँडिखेलबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

महानगरपालिका र ओपन डोर इन्टरनटेनमेन्टले युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा टुँडिखेलमा प्रत्यक्ष प्रसारण गर्न लागको हो।

कार्यक्रममा मेयर बालेन्द्र शाह (बालेन) पनि सहभागी हुने ओपन डोर इन्टरनटेनमेन्टले जनाएको छ।

इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुती रहने टुँडिखेलमा खाजा तथा खानाको स्टल समेत रहनेछ।

निस् शुल्क प्रवेश रहेको टुँडिखेलमा ५ बजेबाट गेट खुल्नेछ । नेपाल र नेदरल्याण्डको खेल भोलि साँझ ९:१५ देखि हुनेछ।