नासा कलेजमा स्वागत कार्यक्रम तथा मिस्टर/मिस फ्रेसर–२०२६ भव्य रुपमा सम्पन्न
काठमाडौं। नासा कलेजले नेपाल पुलिस क्लबमा एक भव्य समारोहको आयोजना गरी कक्षा ११ मा नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गरेको छ। स्वागत कार्यक्रमको प्रमुख आकर्षणका रूपमा आयोजित ‘मिस्टर/मिस फ्रेसर–२०२६’ को फाइनल प्रतिस्पर्धासमेत उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
विभिन्न चरणका छनोट प्रक्रिया पार गर्दै फाइनलमा प्रवेश गरेका प्रतिस्पर्धीहरूबीच भएको फाइनल लाइभ राउन्ड कुनै प्रतिष्ठित ब्युटी पेजेन्टभन्दा कम आकर्षक र प्रतिस्पर्धात्मक देखिएन। आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, प्रस्तुति क्षमता तथा अभिव्यक्ति कलाको उत्कृष्ट प्रदर्शन गरेका प्रतिस्पर्धीहरूले दर्शकको मन जितेका थिए।
प्रतियोगितामा नासा मिस्टर फ्रेसर–२०२६ को उपाधि अमन अन्सारी र नासा मिस फ्रेसर–२०२६ को उपाधि अपूर्व भण्डारीले जितेका छन्। त्यसैगरी फर्स्ट रनर–अपतर्फ शिवम प्रजापति र झरना राउत तथा सेकेन्ड रनर–अपतर्फ प्रल्हाद तामाङ र रेशु लामा घोषित भएका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य प्रतिस्पर्धीहरूले विभिन्न विधागत तथा विशेष उपाधिसमेत प्राप्त गरेका थिए।
कक्षा ११ र १२ का विद्यार्थीहरूले खचाखच भरिएको हलमा सम्पन्न कार्यक्रममा मदन पुरस्कार विजेता चर्चित युवा साहित्यकार अमर न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित भई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व नासा इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष प्रकाश थापाले गर्नुभएको थियो।
कार्यक्रममा नेटवर्कका प्रबन्ध निर्देशक दीपक न्यौपाने, बोर्ड सदस्य हरिशंकर पुरी सल्लाहकार डा हिक्मत बहादुर कार्की लगायत विशिष्ट व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा निर्णायकको भूमिकामा कलेज एम्बासडर २०२२ आलिया खान, निर्जरा लामा र मनिष बज्राचार्य रहनुभएको थियो भने मेंटरको भूमिकामा बुध्द लोप्चन , निकिशा लामा निर्जरा लामा रहनुभएको थियो |
कार्यक्रम अग्रज व्यक्तित्वहरूका प्रेरणादायी मन्तव्यसँगै विद्यार्थीहरूका विविध सांस्कृतिक तथा कलात्मक प्रस्तुतिले थप जीवन्त बनेको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेका मनमोहक नृत्य, क्यारिकेचर, गायन तथा प्रभावशाली अभिव्यक्ति कलाले उनीहरूको प्रतिभा र सिर्जनशीलताको उत्कृष्ट प्रदर्शन गर्नुका साथै नासा कलेजले शैक्षिक उपलब्धिसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई दिएको प्राथमिकतालाई समेत प्रतिबिम्बित गरेको थियो।
कार्यक्रममा कलेजका प्रिन्सिपल शंकरप्रसाद गैह्रे लगायत शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको समग्र संयोजन तथा सञ्चालन कलेजका प्राज्ञिक निर्देशक डा. सन्तोष गौतमले गर्नुभएको थियो। केहि विद्यार्थीहरुले समेत कार्यक्रम प्रश्तोताको भूमिका निर्वाह गरेका थिए |
नासा इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रबन्ध निर्देशक दीपक न्यौपानेका अनुसार कलेजले विद्यार्थीको बहुआयामिक विकासका लागि योजनाबद्ध रूपमा विभिन्न शैक्षिक, सिर्जनात्मक, सांस्कृतिक तथा नेतृत्व विकासका गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
उहाँले भन्नुभयो, “विद्यार्थीलाई एक्काइसौँ शताब्दीका अवसरबाट अधिकतम लाभ लिन तथा बदलिँदो विश्वका चुनौतीहरूको सामना गर्न आवश्यक ज्ञान, सीप, क्षमता, आत्मविश्वास र विवेकपूर्ण निर्णय क्षमता विकास गराउनु हाम्रो प्रमुख उद्देश्य हो।
नासा कलेजले विद्यार्थीलाई केवल पाठ्यपुस्तकीय ज्ञानमा सीमित नराखी ज्ञान, सीप, सिर्जनशीलता, आत्मविश्वास, नेतृत्व र सामाजिक उत्तरदायित्वको विकासमार्फत भविष्यका लागि सक्षम र जिम्मेवार नागरिकका रूपमा तयार गर्ने आफ्नो प्रतिबद्धतालाई यस्ता कार्यक्रममार्फत निरन्तरता दिँदै आएको जनाएको छ।
