आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक
काठमाडौं। पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ सडक खण्ड दुईतर्फी नै सुचारु भएको छ।
इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा शुक्रबार राति १०स्२५ बजे सडक माथिबाट रुखसहित खसेको सुक्खा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो।
रातभर उपकरणको प्रयोग गरी पहिरो हटाएपछि शनिबार बिहान ६:१५ बजेदेखि सवारी साधनको आवागमन सहज पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सडक खुलेसँगै रातभर बाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

