एमसीसीविरूद्ध क्रान्तिकारी माओवादीसहितका ६ पार्टी र २ मोर्चाको विरोध प्रदर्शन(फोटोफिचर)

काठमाडौं । एमसीसीको विरोधमा माइतीघरमण्डलादेखि नयाँबानेश्वरसम्मको क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा (क्रान्तिकारी माओवादी)सहितका ६ पार्टी र २ मोर्चाका कार्यकर्ताहरु प्रदर्शन गरेका थिए।

उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए।

प्रदर्शनकारीहरूले बानेश्वरको एभरेष्ट होटल अगाडी पुगेर कोणसभा गरेका छन्। कोणसभालाइ सम्बोधन गर्न क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल,दिनेश शर्मालगायत आठ दलिय संयुक्त मोर्चाका नेताहरू पुगेका छन्।

बानेश्वर क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ ।प्रदर्शनकारीमाथि पानीको फोहोरा हान्ने गाडी पनि तैनाथ गरिएका छन् । गत बुधबार बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन चर्किंदा स्थिति तनावग्रस्त भएको थियो ।