अाज तपाईको राशिफल कस्तो छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रारम्भमा चुनौती देखिए पनि बिस्तारै आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि मंगलवारदेखि आँट गर्दा रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। व्यापार तथा उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनाले काम बिग्रने डरले सताउन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रारम्भमा केही चुनौती देखा पर्नेछन्। हल्लाको पछि लाग्दा केही समस्या पनि हुनेछ। घरमा असमझदारी बढ्नाले काममा पनि बाधा हुन सक्छ। मंगलवारदेखि स्थितिमा सुधार आउनाले आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि आम्दानी बढ्नेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। शत्रु परास्त हुनेछन्। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा यात्राको अवसरका साथै आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

काम बन्नाले आयआर्जनका स्रोत बढ्नेछन्। पहिलेको समलाताले विशेष जिम्मेवारी दिलाउनेछ। मंगलवारदेखि परिवारमा केही मतभेद हुनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउन समय रहेकाले सजग रहनुपर्ला। तापनि मिहिनेत गर्दा घरमा सुख–समृद्धि प्राप्त हुने समय छ। मनोरञ्जन तथा विलासी मनोवृत्तिले अध्ययनमा भने बाधा पुर्याउन सक्छ। सप्ताहान्तमा जुझारु कार्यशैलीले कर्मक्षेत्रमा लाभ मिल्नेछ। प्रतिस्पर्धीहरू पछि हट्नेछन् भने शत्रुहरूसमेत नजिकिन सक्छन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रारम्भमा बेसुरको निर्णयले समस्या निम्त्याउन सक्छ। प्रतिपक्षीहरूले दु:ख दिने हुँदा आत्मसम्मानका लागि केही समय मौन रहनु बेस होला। मंगलवारदेखि स्थितिमा सुधार आउनाले लक्ष्यमा पुग्न सकिनेछ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ। बिहीवारदेखि परिवारमा असमझदारी देखिने हुँदा काम रोकिन सक्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। तापनि सप्ताहान्तमा लक्ष्य प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रारम्भमा कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। तापनि विभिन्न अवसर प्राप्त भइरहनेछन्। मंगलवार र बुधवार वादविवादबाट अलि सावधान रहनुहोला। सहयोगीहरूले विपक्षी मार्ग अवलम्बन गर्न सक्छन्। तापनि साथीभाइको सञ्जाल फराकिलो हुनुका साथै शुभचिन्तकहरूको सहयोगले धेरै रोकिएका काम सम्पादन हुनेछन्। मिहिनेतले दिगो काममा अग्रसर गराउन सक्छ। बहुमूल्य वस्तुहरू संकलन गर्न सफल भइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रारम्भमा घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। मंगलवारदेखि शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। बिहीवारदेखि विभिन्न अवसर प्राप्त हुनेछन्। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। सप्ताहान्तमा चिताएका काम बन्नाले नाम, दाम र इनाम प्राप्त हुने देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सुरुमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नुका साथै मनग्गे धनलाभ हुनेछ। मंगलवारदेखि सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। यस बीचको लगानी पछिका लागि फाइदाजनक हुनेछ। बिहीवारदेखि तारिफयोग्य कामको चर्चा हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मंगलवारदेखि आम्दानी बढ्नेछ र प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटले काममा सफलता पनि दिलाउनेछ। बीचमा आकस्मिक खर्च बढ्नाले परिस्थितिवश अर्थ अभाव देखा पर्न सक्छ। रकम जुटाउन दौडधुप गर्नुपरे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। सुखद समाचारले मनमा उत्साह जगाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परिस्थितिवश चिताएको काम रोकिन सक्छ। धेरै समय सामाजिक काममा जुट्नुपर्ला। प्रारम्भमा केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। बीचमा आयआर्जनका क्षेत्रमा केही वादविवाद आउन सक्छ। र सप्ताहान्तमा परिश्रमअनुसार अलि कम प्रतिफल प्राप्त हुने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने धार्मिक मनोवृत्ति बढ्नेछ। मिहिनेत गरेर नाम र दाम हात पार्न सफल भइनेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। दिगो फाइदा हुने काम सुरु होला। सप्ताहान्तमा आम्दानी बढ्नेछ र प्राप्त उपलब्धिले जीवनशैलीमा सुधार आउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मंगलवारदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि विशेष सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाए पनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। बिहीवारदेखि टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रतिस्पर्धामा उत्रनुपरे पनि सुरुमा विभिन्न अवसर प्राप्त हुनेछन्। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रियजनसँगकाे भेटघाटले साता रमाइलाे रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। तापनि बिहीवारदेखि परिस्थिति अलि कमजोर रहनाले केही झमेला आइलाग्न सक्छन्। घरायसी कामबाट अरूले फाइदा उठाउने प्रयत्न गर्ने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएको काम बन्नेछ।