वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोली घोषणा

फाइल तस्वीर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको ट्वान्टी–२० शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज रोहितकुमार पौडेलको कप्तानीमा पाँच खेलको शृंखलाका खेल्न १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।

ट्वान्टी–२० विश्वकपको तयारीका लागि नेपालले यो शृंखला खेल्न लागेको हो। नेपाली टोलीमा आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करन केसी, प्रतीश जिसी, अविनाश बोहारा, विवेक यादव र आकाश चन्द छन्।

कितीपुरस्थित त्रिवि मैदानमा शनिबारदेखि सुरु हुने शृंखलामा ब्याटर आरिफले पुनरागमन गरेका हुन्। वेस्ट इन्डिजको टोली बुधबार नै नेपाल आइसकेको छ। यो टोली इतिहासमै पहिलो पटक नेपाल आएको हो।