मन्त्रीमण्डल हेरफेरमा ओली–प्रचण्डबीच खटपट सरू

काठमाडौं २४ भदौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा अाेली र प्रचण्ड बिच खटपट देखि एकाे छ। पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण रहेका वेला ओली र गृहमन्त्रीले  मन्त्रीमण्डल हेरफेर गर्ने प्रचण्डकाे कुराकाे खण्डन गरेका छन् ।खण्डन पछि  प्रचण्ड तनावमा रहेका साे्तकाे दावि छ ।

अाैपर्चारिक भ्रमण पुरा गरी आज स्वदेश फर्कदै छन ।प्रचण्ड आज अपरान्ह नेपाल आइपुग्ने उहाँको सचिवालयले जनाएको छ ।

 

सचिवालय र स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयमा विवाद देखिएको छ । नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डलमा हेरफेरको संकेत गरेको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले त्यसको खण्डन गरेका छन् ।

 

आज प्रचण्ड काठमाडौं आए लगतै त्यो विषमा छलफल हुने बताइएको छ । भारत भ्रमण जानु अगाडि भदौ १९ गते प्रचण्डले आफ्नै निवासमा पत्रकारहरुसँगको कुराकानीमा जनतालाई निराश नगराउने गरी मन्त्रीमण्डल हेरफेर हुने बताएका थिए ।

 

तर, त्यसको चार दिनपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य बादलले प्रचण्डको संकेतको खण्डन गरेका हुन् ।प्रचण्ड भदौ २१ गते भारत भ्रमणमा गएका थिए ।