काठमाडौं विश्वकै प्रदूषित शहरका रूपमा आज पनि कायमै

काठमाडौं। आज पनि काठमाडौं विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ।

बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौँको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको छ। यसलाई अस्वस्थ मानिन्छ।

दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ। बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ। त्यस्तै, तेस्रो स्थानमा भियतनामको हानोई सहर रहेको छ। त्यहाँ हावाको गुणस्तर १ सय ६३ छ।