राजपाले संविधान दिवस नमनाउने घोषणा !

नेपालगञ्ज, असोज २ ।राष्ट्रिय जनता पार्टीले संविधान दिवस नमनाउने निर्णय गरेकाे छ। संविधान जारी भएको दिन पारेर बुधबार सरकारले  विभिन्न कार्यका्म गरि संविधान दिवस मनाउँदैछ तर, राजपाले भने मधेसी जनताको माग बमोजिम संविधान संशोधन नभएकाले दिवस नमनाउने घोषणा गरेको हो ।

 

रापजाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने आफ्नो दलको अडान भएकोले संशोधन नभई कुनै दिवस नमाउने स्पष्ट पारे ।

 

संघीय समाजवादी फोरमले दिवस मनाउने बताइरहेका बेला मधेसकै अर्को ठूलो दल राजपा भने संशोधनको स्पष्ट जवाफ नआई दिवस मनाउन नसक्ने अबस्थामा पुगेको हो । राजपा अध्यक्ष मण्डलका सदस्य महतोले आफ्नो पार्टीको माग नै संविधान संशोधन भएको र त्यो नभई कुनै दिवसमा सहभागी नहुने स्पष्ट पारे ।

 

अर्का नेता अनिल झाले सरकारले करको दर बढाएर सङ्घीयता असफल पार्ने प्रयास गरेको आरोप लगाए । नेपालगञ्जमा भएको राजपा भेलामा पार्टीका कार्यकर्ता र केन्द्रीय नेताबीच पार्टी सङ्गठन, मुलुकको राजनीति र विकास निर्माणलगायतका विषयमा छलफल गरिएको थियो ।