दुई भारतीय नागरिक पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। नेपालमा बस्दा विगतमा लागुऔषध र ठगीको मुद्दा लागेर फरार भएका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको ‘वान्टेड’ सूचीमा रहेका बिक्की गुप्ता र अङ्कित गुप्तालाई केही दिनअघि भारतीय प्रहरीले उत्तर प्रदेशको पलिया बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यी दुवै जनालाई तीन सय ९० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बताइएको छ। विगतमा बिक्कीलाई लागुऔषध र अङ्कितलाई ठगी विरुद्धको मुद्दा दर्ता भएको थियो।