तपाईका लागि यस्तो छ २०७५ साल आश्विन ११ गते बिहिबारको राशीफल हेर्नुहाेस्

मेषः– समस्याको समाधान हुनेछ । गुमेको ठाँउ पुन प्राप्त हुनेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षमा हुनुहुनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । खर्चमा थोरै कमि आउनेछ । मान्यजनको सहयोग सहानुभुति मिल्नेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । महिलाको सहयोगमा काम बन्ने छन् ।

 

वृषः– शारीरिक शिथिलता बढ्नेछ । काम काजमा अवरोध आउन सक्ने कुरालाई नकार्न सकिन्न । धन सम्पतिको नास हुनसक्छ । व्यर्थको घुमाई हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आफन्तबाट नै विरोधीको व्यवहार हुनसक्छ । परिश्रमको मुल्य पाईने छैन । आस्था र विश्वास घट्नेछ । तनाव बढ्न सक्छ ।

 

मिथुनः– समय सामान्य अनुकुल देखिन्छ । आम्दानीका हिसावले दिन अनुकुल देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । कार्य लगनशिलता बढाउनु होला । प्रयत्न गर्नु भयो भने उधारो रकम उठाउन सकिनेछ । कामको विचमा सहयोग गर्ने पनि भेटिने छन् । प्रलोभनमा पार्न सक्छन् सतर्क रहनुहोला ।

 

कर्कटः– असहज स्थिति पार गरेर सहज स्थितिमा प्रवेश गरिनेछ । राकिएका कामले गति लिनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । नोकरी तथा राजनीतिमा कार्यभार थपिन सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्न पर्ला । गुमेको विश्वास पलाउनेछ । कार्य क्षमतामा वृद्धि हुनेछ । सहयोगी हात भेटिने छन् । उत्साहा थपिनेछ ।

 

सिंहः– समयले पूर्ण साथ नदिन सक्छ तर तनावमा भने कमि आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि हुनेछन् । अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । वोलीको मुल्याङ्कन हुने छैन । आशा र भरोसामा काम गर्दा पछि परिनेछ । पढाईमा रुची बढ्नेछ । धार्मिक क्रियाकलपमा सक्रियता बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ ।

 

कन्याः– आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ । काम गर्ने वातावरण खलबलिनेछ । दुर्जनहरुको सक्रियता बढ्नेछ भने सहयोगी हात पन्छिने छन् । दैनिका काममा समस्या आउन सक्छ । मानसिक तनावमा वृद्धि हुनसक्छ । खर्च बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । खर्चमा वृद्धि हुने देखिन्छ ।

 

तुलाः– हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिन सक्छ । लोभ मोह बढ्नेछ । प्रयत्न गर्नु होला नयाँ काम हात पार्न सकिनेछ । पुरानो विवादको टुङ्गो लाग्नेछ । दैनिका काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावनाहरु देखिनेछन् । जीवन साथिको सहयोगमा महत्वपूर्ण कामहरु हुने देखिन्छ । यात्रा हुनसक्छ ।

 

वृश्चिकः– संघर्षको बाटो तय गर्नु होला सहज रुपमा कहि केहि हुने छैन ।सवैलाई मित्र ठान्नु गलत हुनेछ । अरुको भर विश्वासमा काम गर्नु भयो भने आएको अवसर पनि गुक्नेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । राजनीति तथा नोकरीमा कार्य भार थपिनेछ । प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला । लगानीमा जोड नदिनुहोला ।

 

धनुः– द्विविधामा नपरि काम गर्नु होला ।लेनदेन कारोवारले टाउको दुखाउनेछ । इच्छाशक्ति मरेर आउनेछ । वोलीको अनर्थ लाग्न सक्छ । आफन्त पराई हुनसक्छन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पढाई लेखाईमा रुची बढ्नेछ । शैक्षिक तथा वैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । धन दिएर मित्र टाढा बनाउने काम नगर्नु होला ।

 

मकरः– मन पाक्नेछ,तन थाक्नेछ । आवेशमा आएर कुनै काम नगर्नु होला । आफ्नो धन खर्च गरेर अरुलाई सहयोग गर्नु अभिसाप हुनेछ । काम गर्ने जागर मरेर आउनेछ । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । मन विसाउने चौतारी मिल्ने छैन ।

 

कुम्भः– आलस्यता घट्नेछ,उद्योग,पराक्रम बढ्नेछ । नयाँ नयाँ कामको अवसर नआउला भन्न सकिन्न । धार्मिक काममा धन खर्च हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा विचार पु¥याउनु होला ।

 

मिनः– धैर्यता पूर्वक कुटनैतिक विधि अप्नाएर काम गर्दा बढि राम्रो हुनेछ । आर्थिक कारोवारमा सामान्य सुधार आउनेछ । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । श्रम अनुसारको प्रतिफल मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य मुनाफा हुनेछ । पढाईमा भने अरुची बढ्नेछ । साझेदारले दुःख दिन सक्छन् सतर्क रहनुहोला ।