नेपालमा भूमीगत शसस्त्र समुह कति छन् ?(बिवरणसहित)हेर्नुहाेस्

काठमाडौ, असोज ११ । नेपालमा भूमीगत तथा अर्धभुमीगत रहेर विभिन्न समुहले अपराधिक क्रियाकलाप गर्दै आईरहेका छन् । केही समुह राजनैतिक उद्देश्य राखी भुमीगत भएका छन् भने केही समुह राजनैतिक उद्देश्य भन्दै हत्या हिंसा चोरी लुटपाट लयायतका अपराधिक क्रियाकलापमा संलग्न हुँदै आईरहेका छन् ।

नेपालमा रहेको भूमिगत तथा अर्धभूमिगत समूहहरुको बिवरण

१ तराई जनतान्त्रिक मुक्ति मोर्चा ,ज्वाला सिंह समूह
अध्यक्ष – नागेन्द पासवान
–राजनैतिक उद्देश्य राखे पनि सशस्त्र गतिविधि गर्दै आएको ।

२ जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह}
अध्यक्ष – जयकृष्ण गोइत
–राजनैतिक उद्देश्य केन्द्रीत भएको दावी गरेको भए तापनि हत्या, अपहरण, विष्फोट, दवाव, धम्की, कुटपिट लगायतका अपराधिक गतिविधिहरु संचालन गर्दै आइरहेको ।

३ जनतान्त्रिक तराई मुक्ति मोर्चा .राजन
अध्यक्ष – राजीव झा
–तराईको मुक्तिको नाममा सशस्त्र गतिविधि संचालन गर्ने गरेको ।
–मिति ०६५÷९÷२६ गते राजीव झाको संयोजकत्वमा जनकपुरमा बार्ता बसी सरकारसंग ६ बुँदे सहमति गरेको ।

४ तराई कोब्रा (नागराज
अध्यक्ष राजेश्वर प्रसाह सिंह उर्फ नागराज
–मधेस मुक्तिको नाममा विभिन्न अपराधिक गतिविधिहरु गर्ने गरेको ।
–सरकारसंग हेटौंडामा बार्ता गरी ६ बुँदे सहमति गरेको ।

५मधेस राष्ट्र जनतान्त्रिक पार्टी ९क्रान्तिकारी
–मधेश तराई मुक्ति मोर्चा र ज।त।मु।मो रणवीर सिंह विच एकिकरण भई नयाँ गठन भएको समूह०
अध्यक्ष –गजेन्द्र मेहता
– राजनैतिक मागहरु राखी अपराधिक गतिविधिहरु संचालन गर्ने गरेको ।

६ जनतान्त्रिक तराई मुक्ति मोर्चा विष्फोट सिंह समूह
अध्यक्ष –रामशंकर साह
– राजनैतिक उद्देश्य राखे पनि सशस्त्र गतिविधि गर्दै आएको ।

७ मधेसी भाइरस किलर्स
अध्यक्ष –जे।पी।यादव
–राजनैतिक मागहरु राखी अपराधिक गतिविधिहरु संचालन गर्ने गरेको ।
–मिति ०६५÷८÷२६ गते जय प्रकाश यादवको संयोजकत्वमा काठमाण्डौ सरकारसंग बार्ता गरी ४ बुँदे सहमति गरेको ।

८ जनतान्त्रिक तराई मुक्ति मोर्चा (पृथ्वी सिंह
अध्यक्ष – पृथ्वी सिंह
–राजनैतिक उद्देश्य राखे पनि सशस्त्र गतिविधि गर्दै आएको
–मिति २०७०÷०१÷१९ गते महाराज यादवको संयोजकत्वमा बिरगंजमा सरकारसंग बार्ता गरी ५ बुँदे सहमति गरेको ।

९ जनतान्त्रिक तराई मधेस मुक्ति मोर्चा
अध्यक्ष– झवर साह
–विभिन्न नाममा गठन भई अपराधिक गतिविधि एवं आर्थिक आयआर्जन तर्फ उन्मुख हुने गरेको ।
–मिति २०६८÷११÷२१ गते बद्रि नारायण हथीको संयोजकत्वमा सरकारसंग बार्ता गरी ६ बुँदे सहमति गरेको ।

१० संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूह
अध्यक्ष– चन्द्रशेखर
–राजनैतिक उद्देश्य राखे पनि सशस्त्र गतिविधि गर्दै आएको ।
– मिति २०६८÷०५÷०२ गते उदयकान्त मिश्रको संयोजकत्वमा सरकारसंग बार्ता गरी ४ बुँदे सहमति गरेको ।

११ जनतान्त्रिक तराई मुक्ति मोर्चा तुफान सिंह०
अध्यक्ष –तुफान सिंह
–विभिन्न अपराधिक गतिविधि मार्फत आर्थिक आयआर्जन तर्फ उन्मुख हुने गरेको ।

१३ जनतान्त्रिक तराई मधेस मुक्ति पार्टी (भगत सिंह
अध्यक्ष– भगत सिंह उर्फ अर्जुन सिंह
–छुट्टै मधेस राज्य माग गरे पनि प्रकृति अपराधिक रहेको एवं हाल वार्तामा आउने इच्छा व्यक्त गरी वार्ता टोली समेत गठन गरेको ।
–मिति २०६९÷०४÷२० गते, मनोज मण्डलको संयोजकत्वमा सुनसरीमा सरकारसंग बार्ता गरी ६ बुँदे सहमति गरेको ।

१४ जनतान्त्रिक तराई मुक्ति मोर्चा (पवन सिंह समूह
अध्यक्ष – प्रल्हाद गिरी
–सशस्त्र गतिविधि गर्दै आएकोमा हाल सरकारसंग एक चरणको वार्ता गरिसकेको ।
–मिति २०६८÷०४÷२८ गते र २०६८÷०९÷१६ गते प्रह्लाद गिरीको संयोजकत्वमा सरकारसंग बार्ता गरी ४ बुँदे सहमति गरेको ।

९हतियार बुझाई शान्तिपूर्ण राजनीतिमा लागेको
१५ मधेस मुक्ति टाइगर्स
अध्यक्ष – रमण सिंह
–विगतमा सरकारसँग वार्ता गरेको र हाल पनि वार्ताको लागि इच्छुक रहेको जनाउँदै आएको ।
–मिति०६५÷१२÷०७ गते भोला प्रसाद मुखियाको सयोजकत्वमा काठमाण्डौ सरकारसंग बार्ता गरी ४ बुँदे सहमति गरेको ।

१६ तराई संयुक्त जनक्रान्ति पार्टी
बार्ता संयोजक – गजेन्द्र कुमार मण्डल ९अनुराग०
–राजनीतिक मागहरु प्रस्तुत गर्ने गरेको भए तापनि सशस्त्र गतिबिधिहरु संचालन गर्ने गरेको ।
–मिति ०६५÷९÷१६ गते गजेन्द्र कुमार मण्डलको संयोगकत्वमा काठमाण्डौ सरकारसंग बार्ता गरी ५ बुँदै सहमति गरेको ।

१७ लिबरेशन टाईगर्स अफ तराई ईलम
अध्यक्ष – पृथ्वी सिंह
– राजनीतिक मागहरु प्रस्तुत गर्ने गरेको भए तापनि सशस्त्र गतिबिधिहरु संचालन गर्ने गरेको ।
– मिति ०६५÷११÷१० गते रामलोचन ठाकुरको संयोजकत्वमा बिरगंज सरकारसंग बार्ता गरी ५ बुँदे सहमति गरेको ।

१८ तराई जनतान्त्रिक पार्टी मधेस(बिरेन्द्र साह
अध्यक्ष – बिरेन्द्र साह
–सरकारसंगको सहमति पश्चात हात हतियारहरु सरकारलाई बुझाई शान्तिपूर्ण राजनीतिमा आएको घोषणा गरेको ।
–मिति २०६९÷०६÷२२ गते हेटौडामा सरकारसंग बार्ता गरी ६ बुँदे सहमति गरेको ।

१९ संयुक्त क्रान्तिकारी तराई मधेस मुक्ति मोर्चा(संयोजक रामबृक्ष महतो
अध्यक्ष –रामबृक्ष महतो
–मिति २०६९÷०१÷०६ गते हेटौडामा सहमति गरी ६ बुँदे सहमति गरेको ।