भोलिसम्म मेघगर्जनसहितको वर्षा हुने

काठमाडौं , चैत १२ । उपत्यकालगायत देशको अधिकांश क्षेत्रमा मेघगर्जनसहित भारी वर्षा भइरहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मेडिटेरानियन समुन्द्रबाट आएको जलवाष्पयुक्त हावाका कारण मंगलबार काठमाडौं उपत्यकासहित पश्चिमी र केही पूवी क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

 

देशकोपश्चिमी र मध्य भूभागमा पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी क्षेत्र र काठमाडौं उपत्यका लगायत पूर्व क्षेत्रको केही स्थानमा मेघगर्जन सहितको वर्षाको भइरहेको मौषविद् मिनकुमार अर्यालले जानकारी दिनु भयो ।

 

आज देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली भूभागहरूमा मेघ गर्जनसहितको वर्षाको सम्भावना रहेको बताउनु भयो । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना रहेको जनाएको छ । बुधबार अपरान्हबाटबाट मौषमा सुधार हुने मौसमविद् अर्यालले जानकारी दिनुभयो ।यो समाचार नेपाल समाचारबाट ।