तपाइका यी ६ वटा बानीले कहिल्यै धनी बन्न दिँदैन


अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन् । सफलताको एउटा प्रमुख कारण आनीबानी पनि हो । सफल मानिसहरु राम्रो आनीबानीलाई सधैं फलो गर्छन् र त्यसैको नियममा बाँधिइरहेका हुन्छन् । व्यक्तिगत र व्यवसायिक जीवन अगाडि बढाउनका लागि समेत आदतको महत्वपूर्ण भूमिका हुन्छ । कयौं सफल मानिस आफूलाई निकै ख्याल गर्छन् र आफ्नो ज्यानदेखि अफिसलाई समेत फिट राख्ने कुरामा निकै सचेत हुन्छन् । कतिपय मानिसहरु चाहि आफ्नो सुविधाका लागि कयौं कुरा छाडेर समेत अगाडि बढिरहेका हुन्छन् ।

 

विश्वकै सबैभन्दा कान्छा शक्तिशाली नेटवर्कर दीप पटेलले आफ्नो किताबमा यस्तै केही बानीको बिषयमा बताएका छन्, जसलाई तपाईले समेत तुरुन्त त्यागिदिनुपर्ने हुन्छ ।

आफूलाई शंका गर्न छाड्नू

यो सबैभन्दा नकारात्मक बानी हो, जसलाई तपाईले आफ्नो लाइफस्टाइलबाट हटाइहाल्नुपर्छ । यो बानी कायमै रह्यो भने तपाईले देखेको सपना पूरा हुनको साटो उल्टो टुट्न चाहि थाल्छ । त्यसकारण आफैंमाथि कहिल्यै शंका नगर्नुहोस् र आफ्नो नकारात्मक भावना तथा विचारलाई तर्कको आधारमा सुल्झाउने कोशिश गरिराख्नुहोस् ।

उपयुक्त समयको प्रतिक्षा गर्नु

यस्तो कुनै समय हुँदैन, जसलाई सही समय भनियोस् । तपाईले संभावित जोखिमको पहिलादेखि नै आँकलन गर्नुपर्ने हुन्छ, तर जुन समय तपाई पहिलादेखि नै गर्न चाहिरहनुुभएको छ त्यसका लागि कुनै समय पर्खिएर बस्नुहुन्न । यस्तो काममा आफूलाई समय आउला र गरौंला भनेर रोक्ने भूल नगर्नुहोस् ।

नपढ्नु

नयाँ नयाँ जानकारी हासिल गर्नु एक निरन्तर प्रक्रिया हो । त्यसकारण सफल मानिस कहिल्यै पनि पढ्न छाड्दैनन् । उनीहरु पढ्छन्, मानिसहरुसँग कुरा गर्छन् र विश्वमा के भइरहेको छ भन्ने बिषयमा आफूलाई अपडेट गरिरहेका हुन्छन् ।

बोल्ने मात्र, काम चाहि नगर्ने

तपाईले बोलेर वा सोचेर मात्र हुँदैन । हावामा महल बनाएर केही हुनेवाला छैन । तपाई कहिल्यै पनि अगाडि बढ्न सक्नुहुन्न, जबसम्म तपाईले सोचेको वा बोलेको कुरा गर्नुहुुन्न । त्यसकारण जे काम गर्छु भनेर योजना बनाउनुभएको छ, त्यसलाई तुरुन्तै थालिहाल्नुपर्छ ।

कुनै लक्ष्य नहुनु

मानिसको एउटा निश्चित लक्ष्य हुन आवश्यक छ । तपाईसँग आफ्नो जिन्दगीको एक ब्लूप्रिन्ट हुनुपर्छ । यसबाट तपाईलाई लामो समयसम्म सहयोग प्राप्त हुन्छ ।

काममा फोकस नहुनु

तपाई आफ्नो काममा निरन्तर जोडिइरहनुपर्छ । काममा जिद्धी ढंगले निरन्तर लागिरहनुपर्छ । तपाई सफल बन्नका लागि लगातार काम गर्नुपर्छ र काममा फोकस भइराख्नुपर्छ ।एजेन्सी