किन आउँछ गिजाबाट रगत,यस्ताे छ कारण

गाउँघरमा गिजासम्बन्धी रोग दाँत खिइने रोग प्रमुख रुपमा देखा पर्छ भने सहर बजारमा दाँत किराले खाने र मुखमा नराम्रा खैरा सेता वा राता दाग धब्बा तथा पत्र पर्छन्, निम्न कारणले गिजाबाट रगत आउँछ ।

शिरा धमनीको असामान्य अवस्थामा
भिटामीन सी को कमी शिरा धमनीको एलर्जी हुँदा रगत आउँछ।

प्लेटलेटको असामान्य अवस्था
प्लेटलेटको संख्यामा कमी वा बढी प्लेटलेटको कार्यमा अक्षमताका कारण रगत आउँछ ।

भिटामिन के को कमी
कलेजोसम्बन्धी रोग स्प्रु भइ भिटामिन के को कमिले रगत जम्न आवश्यक पर्ने प्रोथोम्बीनको कमी भइ रगत आउने गर्छ ।

रगत जम्ने प्रक्रिया कोगुलेसनमा कमजोरी

हेमोफिलिया ल्युकेमिया डेगुजस्ता रोगमा रगत जम्ने प्रक्रियामा परेको असरले पनि गिजाबाट रगत आउने गर्छ ।

प्लेटलेट थ्रोम्बो प्लास्टिक तत्व पी एफ ३ को कमि

युरेमिया मल्टिपल माइलोमा प्रोटुवेला परपुरा रोगीमा यो तत्वको कमी देखिन्छ र गिजाबाट रगत आउने गर्छ ।

औषधिको प्रयोग बढी भएमा
एस्प्रिन हेपारिन डाइकुम्यारोलको मात्रा रगतमा बढी भए पनि गिजाबाट रगत आउने गर्छ ।साथै पटक पटक महिनावारी भइरहने र मासिक स्राव बढी हुने महिलामा पनि उतm समयमा वा अन्य समयमा गिजाबाट रगत आउन सक्छ ।