बर्दघाट पोष्ट दैनिक संचालन

नवलपरासी ,असोज १ १ । न्यू भिजन मिडिया प्रा.लि बर्दघाट–४ ले बर्दघाट पोष्ट दैनिक शुरु गरेको छ असोज १ गतेबाट बर्दघाट पोष्टले प्रकाशन शुरु गरेको हो ।

संघीय संरचना पछि पश्चिम नवलपरासीबाट प्रकाशित पत्रिका मध्ये बर्दघाट पोष्ट जिल्लाकै पहिलो दैनिक पत्रिका रहेको प्रकाशक संस्था न्यू भिजन मिडिया प्रा.लि.ले जनाएको छ । भिजन मिडियाले बिगत दुईबर्ष देखि रंगिन कलरमा स्थानीय पत्र साप्ताहिक संचालन गर्दै आएको छ । स्थानीय पत्र डट कम अनलाइन सहित सो प्रालिको संचालित तीनवटा संचारमाध्यम भएका छन् ।

न्यू भिजन मिडिया प्रालिका संचालक तथा प्रबन्ध निर्देशक रवि पाण्डेयले पत्रिका शुरुवात नै उपलब्धि नभएको बताए । शुरु गरियो टिकाउने समस्या छन् – उनले भने – पत्रिकामा आउने अवरोध हटाउन कम्पनी सक्षम छ । बर्दघाट पोष्ट दैनिक पश्चिम नवलपरासी समग्र जिल्लाको आवश्यकताबाट प्रकाशन गरिएको र कुनै लहड वा देखासिकीबाट नआएको उनको भनाई छ । स्थानीयता र संघीयताको मुलमर्म सहित दैनिक शुरु गरिएको उनले जानकारी दिए । अबको जमानामा संचारमाध्यमको बिशिष्टीकरण आवश्यक रहेको र प्रालिको पाँचबर्षे योजना अन्तरगत दैनिक शुरु गरिएको पाण्डेको तर्क थियो ।

त्यस्तै रुपन्देही र चितवनको चेपुवामा परेको भनिने पुर्वी र पश्चिम नवलपरासीका एक एक वटा दैनिक पत्रिका भएका छन् । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीमा पत्रिका दर्ताको सुचीमा ४३ पत्रिका छन् ।