विद्युत महसुलमा १५ प्रतिशत बढाउन प्रस्ताव

काठमाडौं, फागुन ९ । नेपाल विद्युत प्रधिकरणले विद्युत नियमन आयोग समक्ष औद्योगिक क्षेत्रको विद्युत महसुलमा १५ प्रतिशतसम्म वृद्धि गर्न प्रस्ताव गरेका छ ।

 

विधुत प्राधिकरणले प्रस्ताव गरेको प्रतिक्रियाका लागि सार्वजनिक गरिएको विवतरण अनुसार, टीओटि  टाइम अफ डे ६६ केभीमाफर्त आपूर्ति गर्ने , उद्योगका लागि डिमान्ड चार्जतर्फ प्रतियुनिट २४० रुपैयाँबाट २७५ अर्थात १५ प्रतिशतसम्म बढाउने प्रस्ताव गरिएको छ ।

 

इनर्जी चार्जतर्फ पिक टाइमअन्तर्गत साँझा ५ देखि ११ बजेसम्म प्रतियुनिट ९.३० बाट १०.५० , अफ पिक समयमा ४.१५ लाई ५.४० र सामान्य समयमा ७.५ लाई बढाएर ८.५५ प्रस्ताव गरिएको छ । विगतमा डेडिकेटेड फिटर लिएका ग्राहकलाई दोब्बर दस्तुर तोके पनि यसबारे सार्वजनिक विवरणमा कुनै उल्लेख छैन । कारोबार दैनिकमा प्रकाशित छ ।