रक्सी,सेवन गरी श्रीमती माथि हसिया प्रहार

बैतडी,असोज २९ । मादक पदार्थ९रक्सी० सेवन गरी श्रीमानले हसिया प्रहार गर्दा बैतडीको पञ्चेश्वर गाउँपालिका ४ बर्तोली चौडेलीकी २७ बर्षीया ईन्द्रा चन्दलाई घाइते भएका छन् । सुरेन्द्र चन्दले सोमवार दिउँसो साढे १ बजेतिर मादक पदार्थ,रक्सी,सेवन गरी श्रीमती ईन्द्रामाथी हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

 

श्रीमानको हसिया प्रहारबाट ईन्द्राको कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ । ईन्द्राको स्थानीय सैलोडा स्वास्थ्य चौकी उपचार भइरहेको छ । हसिया प्रहार गर्ने सुरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।