अदालतको कामलाई कुनै पनि शक्तिले प्रभावित पार्न सक्दैन: प्रधानन्याधीश मिश्र


काठमाडौं कर्तिक ६। सोमबार भैरहवामा आयोजित कार्यक्रममा प्रधानन्याधीश ओमप्रकाश मिश्रले कुनै पनि बाह्य शक्ति, प्रलोभन र आश्वासनले अदालतको कामलाई प्रभावित गर्न नसक्ने बताएका छन् ।

 

अदालतले गरेको आदेश र फैसालाको २० प्रतिशत पनि सरकारले कार्यान्वयन नगरेको उनको भनाइ छ । १५ प्रतिशत मुद्धा मात्र अदालतसम्म आउने भन्दै प्रधानन्याधीश मिश्रले समाजमा भएका ८५ प्रतिशत मुद्धा अदालतसम्म ल्याउन मानवअधिकारकर्मी र समाजका अगुवाहरुले सहयोग गर्नुपर्ने बताए ।

 

गरिबी, अज्ञानता तथा विभिन्न कारणले नागरिकहरु न्याय नपाएरै बसेको भन्दै अन्यायमा परेका नागरिकलाई अदालतसम्म ल्याउन र न्याय दिलाउनु सबैको दायित्व भएको बताए । सत्ता र सरकार बदलिए पनि न्याय क्षेत्र प्रभावित हुन नसक्ने उनको भनाइ छ । प्रधानन्याधीश मिश्रले अदालतले गरेका आदेशहरु सरकारले कार्यान्वयन नगरेको गुनासो समेत गरे ।