भारतले हाम्रो पहिचान बुद्धलाई खोसेर नङ्गयाउन खोज्दा हामिमा लज्जाबोध हुनुपर्ने होइन र?

 

      राम बहादुर महरा

काठमाडाै कार्तिक ६।सानो छदां पढिन्थ्यो गौतम बुद्ध अर्थात सिद्दार्थ गौतम इ.सा.पुर्व ५६३ मा नेपालको लुम्बिनी अञ्चल कपिलवस्तुमा जन्मिएका थिए।नेपालमा जन्मिएपनी विश्वसामु भगवानको रुपमा परिचित बुद्धका जिवनपयोगी उपदेशहरुले विश्वमानव जातिमा ल्याएको आमूल परिवर्तनले नेपालको सिर उचाईमा छ ।

जस्ले हामिमा गौरबको बर्षा हुन्छ,घमण्डले फुल्दछौ।तर केही बर्षयताको दु:खद कुरा यो पनि छकी भारतले बुद्ध को जन्मभुमि भारत हो भनेर भनिरहँदा नेपालको कुनैपनि सरकारले वास्ता गरेन।

 

नेपालमा जन्मिएर जस्ले विश्वशान्तिको संदेश प्रबाह गर,जस्ले धार्मिक सहिष्णुताको संदेश प्रवाह गरे,जस्ले मरण र जिवनको स्पष्ट अर्थ छोडेर गए,जस्ले जिवनको यात्राको पाठ सिकाएर गए उसैलाई भारतले खोस्नलाग्दा नेपालको जिम्मेवार अभिभावक सरकारले नेपालबाट शान्ति गुमाईरहेको देखिन्छ।हुन त बुद्धको जन्मभुमि हुदैँमा नेपालमा शान्ति छ भनेको होईन।हामी हाम्रो पहिचान,हाम्रो मुल्य जस्ले हामिलाई महंगो बनाएको छ त्यो गुमाईरहेका छौँ।

 

नेपालमा जन्मिएर भारतको गयामा तपस्या गरि सारनाथमा पहिलो पटक उपदेश दिएका महामहिम बुद्धको भारतकै कुशिनगरमा मृत्यु हुँदैमा भारतले जन्मभुमि भारतमै भन्दा नेपालसरकारले प्रतिबाद गर्ने हिम्मत राख्न सक्नु पर्छकी, पर्दैन?आफ्नोअस्तित्व कमिलाले पनि हिम्मतका साथ राख्न सक्छ भने हामी गोर्खालि हुनुको के तुक छर?

भारतले तिब्बती बुद्ध धर्मगुरु दलाई लामा तिब्बतीकरण गर्ने दाउमा पालेर राखेका छन।नेपालको रार्ष्ट्रियतामा धावा बोल्ने अधिकार दलाईलामालाई छर?यदि छैन भने नेपाल संयुक्तराष्ट्र संघको सदस्य हो,सरकारले किन अन्तर्राष्ट्रिय न्यायालयमा जाने हिम्मत राख्दैन?कतै मिले मतो त छैन?साम्राज्यवादिहरु र भारतको चिनलाई सिध्याउने खेलमा कब्जामा रहेका लामालाई त्यस्तो बोल्न छट दिने अधिकार नेपालसरकारलाई पनि छैन।

 

भारतले नेपालको पहिचान खोसेर नङ्गयाउन खोजिरहँदा हामिमा लज्जाबोध हुनुपर्ने हो। यदि साँच्चै बुद्द भुमिको सरकारलाई मायालाग्छ भने अन्तर्राष्ट्रिय विमान स्थमा बुद्दको ठुलो पानीको फोरा सहितको मुर्ती बनाएर त्यहाँ संसारका विभिन्न भाषहरुमा यस्तो लेखियोस”विश्वशान्तिका अग्रदुत गौतम बुद्दको जन्मभुमिमा यहाँहरुलाई स्वागत गर्दछौं।