पोखरेल समूहले पदाधिकारी उम्मेदवार टुंग्यायो, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेको पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ। ११औं महाधिवेशन अन्तर्गत आगामी नेतृत्वका लागि अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन्।

त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डे, उपाध्यक्षमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको छ। उपमहासचिव पदमा योगेश भट्टराईको नाम पक्का भएको छ । उपमहासचिव उम्मेदवारको सूचीमा बैजनाथ चौधरीको नाम पनि छ।

एक नेताका अनुसार सचिवमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा, पुरुषोत्तम पौडेल लगायतको नाम करिब टुंगो लागेको छ।

ईश्वर पोखरेल समूहले सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि राखेको छ । यद्यपी छलफल चलिरहेकाले उम्मेदवारी दर्ताको समयसम्म केहि परिवर्तन हुन सक्ने ती नेताले बताए।

आगामी नेतृत्वका लागि शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमाले ११औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा चलिरहेको छ । यो महाधिवेशनले ३०१ केन्द्रीय कमिटी चयन गर्नेछ।