सेवाग्राही दिक्क नहुन् भनेर वाइफाइ र नयाँ कुर्सी

चितवन ,कात्तिक ७ । नागरिकता, राहदानी लगायतका काम लिएर चितवन जिल्ला प्रशासन जाने सेवाग्राहीले कुर्सीमै बसेर पालो कुर्न पाएका छन् ।

कुर्दा दिक्दार नहोस् भनेर प्रशासनले मोबाइल फोनमा इन्टरनेट चलाउने व्यवस्था मिलाएको छ ।

 

ुनागरिकता फाँटमा अलि भीडभाड हुने भएकाले सोचेजस्तो चाडो काम नहुन सक्छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ुकुरेर बस्ने सेवाग्राही दिक्क नहुन् भनेर फ्रि राउटरको वाइफाइ राखेका छौं ।उनका अनुसार, सेवाग्राही बस्नका लागि टिकाउ र राम्रा कुर्सी पनि छन् । कान्तिपुर पत्रपत्रिकाबाट,