महिलालाई तस्करसम्म पुर्‍याउने भूमिकामा पति नै संलग्न !


काठमाडौं कार्तिक ९। साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो । उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो ।

 

ती महिलामध्ये विवाहित पनि थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उनीहरुलाई पतिले नै दिल्लीसम्म पुर्‍याएका थिए । अध्यागमन विभागले रोकटोक गर्ने सम्भावनालाई ध्यानमा राखी पतिहरु साथै गई दिल्ली पु¥याएर फर्किएका थिए ।

 

समाजमा पैसा सबैथोक हो भन्ने सोच हावी भएकाले महिला जोखिमयुक्त देशमा काम गर्न मानव तस्करको हातमा पर्न थालेका छन् । महिला भारत वा अन्य देशको बाटो हुँदै खाडी राष्ट्रमा पुग्ने गरेका छन् ।

 

मासिक ३० हजारभन्दा माथि आम्दानी हुने जानकारीकै भरमा महिलाहरु तस्करको हातमा पर्ने गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले देखाएको छ ।  आजको नागरिक दैनिकबाट ।