मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा काङ्ग्रेस सभापति देउवा

काठमाडौं, कात्तिक १० । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको , हातमा रहेको बताएका छन् ।

 

विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टीको ९नेकपा०ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सो धारणा व्यक्त गरे ।

 

देश अब मेलमिलाप, एकता र समृद्धिमा जान लागेको हो रु भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उनले भने, ‘मेलमिलाप र समृद्धिमा जानुपर्छ, तर यो सबै कुरा सत्तापक्षको हातमा छ ।’

रासस