मोहन वैद्य, विप्लव र कट्टेलको नेकपाबीच एकता गर्ने घोषणा

काठमाडाै,कात्तिक १० । नेपाल कम्युष्टि पार्टीका अध्यक्ष ऋषि कट्टेलले मोहन वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने घोषणा गरेका छन् ।

 

कट्टेलले कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारलाई जोगाइराख्न आफूहरु मिल्न लागेको दाबी गरे । ‘सच्चा क्रान्तिकारी । कम्युनिष्टहरु मुलधारमा आउनुपर्छ’, शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा कट्टेलले भने, ‘मोहन वैद्य, विप्लव र म एक ठाउँमा उभिएर नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएर राख्नुपर्छ भन्नेमा छौं ।’

 

उनले केपी ओली र प्रचण्ड कम्युनिष्ट नभएको जिकिर पनि गरे । कम्युनिष्टका नाममा दुई तिहाई मत पाए पनि ८ महिनासम्म सरकार सञ्चालन गर्दा जनताको पक्षमा केही काम गर्न नसकेको भन्दै कट्टेलले कटाक्ष गरे । कट्टेलले ८ सरकारको महिनाका कामबाट जनताले नेकपाको विकल्प खोजेको र त्यस्तो विकल्प दिन आफूहरु तयार रहेको बताए । निर्वाचन आयोगले सरकारी नेकपालाई वैधानिकता दिएकामा उनले आपत्ति प्रकट गरे ।