युएईमा नेपाली महिलाले चलाइन् अन्धाधुन्द चक्कु, एकको मृत्यु

 काठमाडाै कार्तिक १२। अन्धाधन्दा प्रहारगर्दा छुट्याउन मर्मता असलिलयुएर्इ–मदिरा सेवन गरी युएईमा एक नेपाली महिलाले अन्धाधन्दा  चक्कु प्रहार गर्दा  एकको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् ।

 

युएर्इको शारहजा स्थित तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राती मदिरा सेवन गरि धारिलो हतियार चक्कु प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको उपचारको क्रममा मृत्यु भएको हो।

 

झगडा छुट्याउन  गएकी सर्लाहीकी ममता चौधरी गम्भीर घाइते भएकी छिन् ।

उनको शारहजा स्थित अल कासिमिया अस्पतालको आसियुमा उपचार भैरहेको छ।

 

अन्य दुर्इ जना सलिना मगर र आशा दर्जी सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

 

दशै मनाउने क्रममा टीकाको दिन सोनी तमाङ्सँगै काम गर्ने लक्ष्मी रार्इ र सिर्जना बरालले असलिल शब्द बोलेको भन्दै सामान्य बिषयमा बिबाद भएको र सोही बिबादले गत शुक्रबार ठूलो रूप लिएको उनीहरू सँगै काम गर्नै साथीहरू बताउँछन्।

 

मदिरा सेवन गरी सबिनाले दुबै हातमा चक्कु लिर्इ एकतर्फी प्रहार गरेको प्रत्यक्षदर्शी शान्ता रार्इले बतार्इन्। तर उक्त दिन लक्ष्मी रार्इ भने दुर्घटना हुनबाट बचिन ।

 

चक्कु प्रहार गर्ने सोनी भनिने सबिना तामाङ्लार्इ स्थानीय प्रहरीले हतियार सहित नियन्त्रणमा लिएको छ।