१८८ यात्रु सवार विमान दुर्घटना


एजेन्सी। इन्डोनेसियाको राजधानी जकार्ताबाट उडान भर्ने वित्तिकै लायन एयरलाइन्सको फ्लाइट बोइङ ७३७ विमान दुर्घटनामा परेको छ । एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ ।

जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् । सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ । तर, यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ । जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए । इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए ।

 

लायन एयरर्सको जेटी(६१० बिमान पाङकल पिनाङका लागि उडेको थियो । टेक अफ गरेको १३ मिनेटपछि सो जहाज एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो । दुर्घटना हुनुअघि पाइलटले जहाजलाई बिमानस्थलमा फर्काउने प्रयास गरेको देखिएको छ ।