साफ यू–१५ : बङ्गलादेश सेमिफाइनलमा प्रवेश

काठमाडौँ, कात्तिक १२। साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बन्दै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा समूह चरणको अन्तिम खेलमा आज नेपाललाई २–१ गोलले पराजित गर्दै बङ्गलादेश समूह विजेता बनेको हो । हार भए पनि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

दोस्रो मिनेटमा बङ्गलादेशले मोहम्मद अहख सकिलको गोलमा खेलमा अग्रता लिएको थियो । नेपालले ३६ आँै मिनेटमा बराबरी गोल फर्कायो । नेपालका राकेश विश्वकर्मालाई बङ्गलादेशका गोलकिपरले लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा नेपालका जान लिम्बूले सहजै गोल गर्न सफल भए ।

 

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको पहिलो मिनेटमै बङ्गलादेशका मोहम्मख राइओन हवलदारको गोलबाट बङ्गलादेशले अग्रता कायम गरेको थियो । हारसँगै नेपाल प्रतियोगिताको समूह ‘ए’बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेश यस जीतसँगै छ अङ्क जोड्दै समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।रासस