काठमाडौंमा हुने उडानमा चीन भारतलाई उछिन्दै


काठमाडौं असाेज १५। दुई ठूला छिमेकी मुलुक भारत र चीनको व्यापारदेखि राजनीतिमा प्रभाव र प्रतिस्पर्धा नपरेको क्षेत्र नेपालमा बिरलै भेटिएलान् । यसैको सूचीमा पर्छ, ‘एयर–कनेक्टीभीटी । पछिल्लो पटक चीनबाट नेपालका लागि हुने अन्तर्रास्ट्रिय उडानको संख्यामा मात्रै होइन काठमाडौंमा सेवा दिने जहाजको प्रकारमा पनि चीनले भारतलाई उछिन्दै गएको छ ।

शनिबारदेखि चाइन साउर्दनले थालेको वाइडबडी विमानको सेवालाई पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ । तीन वर्षअघि चीनको व्यापारीक सहर ग्वानजाव ९क्वाङचाउ०–काठमाडौं–ग्वानजाव सातामा दुइटामात्रै उडान गर्दै आएको यो एयरलाइन्सले हाल सातामा नियमित १४ वटा व्यावसायिक उडान गर्दै आएको छ । यसले १ सय १५ सिट क्षमताको न्यारोबडी एयरबसलाई शनिबारदेखि हटाउँदै ४ वटा फस्ट क्लास, २४ बिजनेश क्लास र १ सय ९० इकोनोमी क्लाससहित २ सय १८ सिट क्षमताको एयरबस वाइडबडी ३३० बाट उडान थालेको छ ।

 

विदेशी वायुसेवाहरुको छाता संगठन एयरलाइन अपरेटर्स कमिटी नेपाल ९एओसीएन० का अनुसार, यो सहित चीनबाट काठमाडौंका लागि वाइडबडी विमान उडाउने एयरलाइन्सको संख्या दुई पुगेको छ । चाइना साउर्दनअघि एयर चाइनाले पनि वाइडबडी विमानबाट सेवा दिँदै आएको छ । तर, उसले यात्रुको संख्याका आधारमा वाइडबडी विमान ल्याउने गरेको छ ।

एओसीएनका अध्यक्ष सान्तनु सेन गुप्ताका अनुसार, आधा दर्जन चिनियाँ सहरबाट नेपाल आउने ६ वटा एयरलाइन्स पुगेका छन । यो भारतबाट काठमाडौंका लागि उडान गर्ने भारतीय एयरलाइन्सको तुलनामा दोब्बर हो । भारतबाट काठमाडौंका लागि उडान गर्ने एयरलाइन्सहरुले न्यारोबडी विमानबाट सेवा दिइरहेका छन् । त्यहाका एयरलाइन्सहरुले वाइडबडी विमान ल्याउने गरेका छैनन् ।

 

एओसीएनका महासचिव बासु लामिछानेका अनुसार, चीनको कुनमिङ्गबाट चाइना इर्स्टन, ल्हासा र छेन्दुबाट एयर चाइना र सिचुवान, सीयान र छेन्दुबाट तिब्बत एयरलाइन्स ग्वानजावबाट चाइना साउर्दन तथा हङकङबाट ड्रयागन एयरसहित ६ वटा एयरलाइन्सले सातामा बढीमा ६१ वटा उडान गर्छन् । भारतको भने जेट, एयर इन्डिया र इन्डिगोले सातामा काठमाडौंका लागी ६० वटा उडान गर्दै आएका छन् । जसमा एयर इन्डियाले दिल्लीबाट सातामा १४, जेटले २१ र इन्डिगोले ७ वटा उडान गर्छन् । त्यस्तै, मुम्बईदेखि जेटले सातामा १४ र एयर इन्डियाले कोलकोत्ताबाट सातामा चारवटा उडान काठमाडौंका लागि गर्छन् । यी सबैले बोइङ्ग र एयरबसको न्यारोबडी विमान प्रयोग गर्छन् । वाइडबडी उडाउँदैनन् ।

 

यसैबीच भुटानको निजी वायुयान कम्पनी ‘भुटान एयर’ले ‘फिफ्थ फ्रिडम ट्राफिक राइट’को अधिकार प्रयोग गर्दै भुटानबाट काठमाडौं हुँदै दिल्लीका लागि सातामा दुइटा उडान गर्छ । यो एकमात्र एयरलाइन्स हो जसले काठमााडौंलाई ट्रान्जिट हब बनाएको छ ।

 

नेपाल र चीनबीच ५ वर्षअघि सातामा १४ वटा मात्रै उडान भर्ने सहमति थियो । सन् २०१४ पछि दुई देशले यो संख्या चार गुनाले बढाउदै सातामा ५६ पुर्‍याए । त्यस सम्झौताअनुसार, सन २०१६ बाट चीनले सातामा ७० वटा उडान गर्ने अनुमती पाएको छ । तर भारतले सातामा कम्तीमा १ सय ५० उडानको अनुमती पाएको छ । यी दुबै मुलुकमा नेपालले पनि समान उडान गर्न पाउछ । तर, नेपालबाट चीनका लागि कुनै पनि उडान हुदैनन ।आजको कान्तिपुरबाट ।