नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाउने !

काठमाडौं, असोज १६ । नेपाल आयल निगमले मासिक घाटा डेढ अर्व पुगेको भन्दै दशैँको मुखमा फेरि इन्धनको मूल्य बढाउने संकेत गरेको छ । दश  दिन अघिमात्रै इन्धनमा मूल्य बढाएको निगमले सोमबार भारतीय आयल कर्पोरेशन ,आइओसी,ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि भाउ नेपालमा पनिभाउ बढाउने संकेत गरेको हो ।

भारतीय आयल कर्पोरेशन आइओसीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर पठाएपछि निगमको घाटा एक अर्व २९ करोड पुगेको हो । आइओसीले सोमबार बढाएर पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ४५ पैसा घाटा रहेको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले बताए । डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ४३ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा रहेको उनले जानकारी दिए। यस्तै, मट्टितेल र हवाइ इन्धनमा केही नाफा रहेको निगमले जनाएको छ ।

 

आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि स्वचालित प्रणालीका आधारमा नेपालमा पनि मूल्य समायोजन गर्दै आएको छ, सोही आधारमा पेट्रोल, डिजेल लगायतको मूल्य बढ्न लागेको हो ।
निगमका अनुसार

भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा समेत सीमा नाका रक्सौलमा भन्दा नेपालमा पेट्रोल र डिजेलमा प्रतिलिटर ३१ रुपैया ७५ पैसा तथा डिजेल ३० रुपैयाँ १६ पैसा, सस्तो रहेको निगमले जनाएको छ ।