नागढुंगा थानकोट सडक खण्ड दशैंकै मुखमा सात दिन बन्द
काठमाडौं, असोज १६ । काठमाडौं आउजाउ गर्ने प्रमुख नाका नागढुंगा थानकोट सडक रातीको समयमा बन्द गरिने भएको छ । थानकोट–पीपलामोड सडक खण्ड सोमबारदेखि सात दिनसम्म राति बन्द गरिने छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धादिङको खानीखोलादेखि नागढुंगासम्मको बाटो मर्मतका लागि पूर्ण रुपमा बन्द गरिन लागेको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।
१५ किलोमिटरको सो सडकखण्डमा असोज २२ सम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उक्त सडक खण्डमा मर्मत सम्भार को काम शुरु भएकाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालबाहक गाडी बन्द गरिएको डिभिजन कार्यालयले जनाएको हो ।