जोगीको आवरणमा भेटिए बैंकर ज्ञवाली

काठमाडौं  असोज , २०। एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ,सिइओ, रहेका उनी टप बैंकरमा गनिन्थे । सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सिइओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको किर्ते कामको अनुसन्धान सुरु भएलगत्तै ५ वर्षअघि उनी फरार भए । उनको संलग्नतामा बैंकमा करोडौँ घोटाला भएको खुल्दै गयो । 

जोगीको भेषमा भेटिए

फरार भएलगत्तै प्रहरी उनको पछि लागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०को टोली निरन्तर उनको खोजीमा थियो । तर, कुनै ‘क्लु’ पाउन सकेको थिएन । लामो समय प्रहरीलाई छक्याउन सफल भएका ज्ञवाली बिहीबार भारतको उत्तर प्रदेशको मथुरानजिकै वृन्दावनको आश्रममा भेटिए, त्यो पनि जोगीको आवरणमा ।

 

प्रहरीलाई झुक्याउन ज्ञवालीले जोगीको भेष धारण गरेका थिए । ‘त्यहाँ पूरै जोगीका रूपमा उनको पहिचान थियो,’ पक्राउ गर्न गएका अपराध महाशाखाका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘प्रहरीलाई छक्याउन नै उनले यस्तो हुलिया बनाएको हुनुपर्छ ।’ उनी अन्य जोगीहरूसँगै बसिरहेका थिए । लामो टुप्पी पालेका उनलाई ठम्याउन सुरुमा त प्रहरीलाई गाह्रो भयो ।

 

तर, सम्पूर्ण सूचना लिएर भारतीय प्रहरीसँगको समन्वयमा त्यहाँ पुगेको महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरी छाड्यो । शुक्रबार नेपाल ल्याएपछि प्रहरीले अदालतमा पेस ग९यो । अदालतको आदेशपछि उनलाई कैद भुक्तान गर्न जेल चलान गरियो ।आजको नयाँ पत्रिकाबाट।